Saturday, March 18, 2017

#भर्चुवल दुनियाँ रे !!

#भर्चुवल दुनियाँ रे !!

सम्बन्ध यस्तो भो ,
आजभोलि सार्है सस्तो भो ।
निर्जिव त्यो मोबाइल अगाडि ,
नाता सम्बन्ध कस्तो कस्तो भो । 


भर्चुवल भो जन्म कसैको ,
कसैको मृत्‍यु भो .....
बुझ्नै नसक्ने यो जमना ,
सम्बन्ध सार्है सस्तो भो ।

प्यास मेटाउछन कोही यहाँ ,
कोही बढाउछन ढुक ढुकी लाई ,
सम्बन्ध नुन बिनाको तरकारी ,
प्रेम इन्टर्नेट सित जवर्जस्त भो ।

उस्ले ,तिम्ले अनी मैले पनि ,
झटारो सबैले हानेकैछन ...
झरे आप होइन झटारो ...
फिर्ता आफ्नै ठानेकै छन ।

खबर खुशी को होस् वा दु:ख को ,
देखावटी अपनत्व को बोध पोस्ट लाई ठानेकै छन ।
दु:खमा चाहिने आफन्त को बालै भो र ?
सुख मा मस्किने लाई मात्र आफ्नो मानेकै छन ।

भो अती बिकास भएछ ,
सम्बन्ध यहाँ तिरस्कार भएछ
रोबोटले चल्ने दुनियाँ.....
कस्तो आविश्कार भएछ ?

-एस् पि
काठमान्डौ

#प्रेम कथा ।।

#प्रेम कथा ।।


बिहानै धोबिनी चरी मीठो गित गाउदै आयो ,
सम्झे तिमी गुलावी ओठ खोलेर मुस्काउदै छौ।
पुर्व क्षितिजमा उषाको लालि चढेर आयो.....,
सम्झे तिमी पनि मुस्कुराउदै मलाइ सम्झिदै छौ।


हामी बिच दुरि छ तर तिम्रो आभास छ ,
मेरा हरेक क्रियाकलाप मा तिम्रै प्रवाभ छ।
थाहा कति छ प्रिय तिमिलाइ मेरो बारे??
भन्छन कोहि मेरोपनी तिम्रो जस्तै स्वभाव छ!

आशाबादी हामी मान्छे सबै कुरा आशामै देख्छौ,
जसरी मैले तिमिसितको जीवनको आशामा सपना साट्दै छु।
तिमिलाइ माया गर्दछु तिमी कति बुझ्छौ यो कुरा ....?
हो भोलि तिमिलाइ सुख दिने आशामा आफैलाइ ढाट्दै छु।

लाग्छ मेरा सपनाका महलहरु एक दिन साकार हुनेछन,
महल भित्र तिम्रा र मेरा सपना बुनिएका आकार हुनेछन।
तिमिले जे रोज्छौ त्यही मेरो नि रोजाइ हुन्छ भने ........!
भन घर भित्र हाम्रा प्रेम रुपि कथा का कति प्रकार हुनेछन?

मौसम सदाबहार छाउनेछ , वसन्त सधै आउने भयो,
सोच रमाइलो बाहिर सधै धोबिनी गित गाउने भयो!
अन्धकार सधै टाढा .....
बुझ बिहानी पुर्व उषाको लाली सधै छाउने नै भयो।।

-एस पि
काठमाडौ

#गजल

#गजल 
तिम्रैलागी मरिदिन्छु ,तिम्रैलागी गरिदिन्छु,
तिमी भन मात्रै म आकाश को चन्द्र हरिदिन्छु।

मायामा बिश्वास भन्ने चिज त हुन्छ नि प्रिया ?
हुदैन! ठिकै छ, तिमी भन म बसेको ठाउँ सरिदिन्छु।

थाहा छ तिमिलाइ र पनि किन?बुझ पचाउछौ?
दुखमै परेपनी तिम्रोलागी बेशिसम्म झरिदिन्छु।

खोला बढेछ क्यार त्यो मन भित्र अबिश्वाश को!
भन म के गरौ तिमिलाइ बुझाउन खोला तरिदिन्छु ।

तिम्रैलागी मरिदिन्छु ,तिम्रैलागी गरिदिन्छु,
तिमी भन मात्रै म आकाश को चन्द्र हरिदिन्छु।

-एस पि
काठमाडौ

#अखवार


 #अखवार

 दिन दिनै बिहान बिहानै,
हरेक बिहानिमा आउँछ
त्यो जाडो भन्दैन
आफ्नो पराइ चिन्दैन,
लुकाउने त के कुरा,
लुकाउन केही जान्दैन,
भए जति छर्लङ्ग देखाउछ,
पारदर्शिता को अनुपम नमुना,
धनी को गरिब को ?
छुट्ट्याउन जान्दै जान्दैन ।
तिमी सङ्ग नजिकिदै ,
अर्कोलाइ टाढा बनाउन मान्दैन।
थोरै उल्लाइ तिमिलाइ धेरै ,
दिनुपर्छ ज्ञान त्यो उ मान्दैन ।
भए भर को खन्याएर रित्तिन उ तयार छ,
सके लेउ ज्ञान अनुरोध गर्नु तिमिलाइ उचित ठान्दैन ।

 
एस पि
काठमाडौ

****अक्षर ****

#अक्षर
उस्ले तिम्ले होस वा मैले ,
चिन्ने एउटै जान्ने पनि एउटै,
अ बाट अकार र उ बाट उकारनै ,
क कमल ज्ञ बाट ज्ञानि नै सिक्छौ।


तिमी लाखौको गाडीमा पुर्याइन्छौ,
म मुस्किलले पुरानो साइकलमा वा डोर्याइदै।

तर थाहा कति छ तिमिलाइ ?
तिम्रो बाटो को नक्सा कस्तो छ?
के के कुरा पार गर्दै पुग्छौ?
कहिले बाटोको सुगन्ध बुझेका छौ?

मलाई सोध साथी म भनिदिन्छु ,
बाटोको नक्सा बारे बुझेको कुरा,
ठाउँ को चित्र छातिभित्र कोरिएको कुरा,
होइन मैले बाटोका बस्तुलाइ आफ्नै ठानेको कुरा।

बाटोमा डोर्याइदै गर्दा धेरै लडे साथी ,
हो त्यही लडाइ ले त उठ्न सिकायो।
चोट ती हजार जो दुख सहन सिकायो,
होइन मर्दा पर्दा सबै जुट्न सिकायो ।।

तिमी आच्छ्यौ गर्दा तिमिलाइ अङ्गालोमा बेरे होलान,
तिमी ठिक ठान्दा खुशिले लामो सास फेरेहोलान ।
माया त खुब पायौ , मन लागेको चिज नि खायौ,
तर त्यसैले तिमिलाइ लड्दा उठन सिकाएन ,
दुख पर्यो तर कतै जुट्न सिकाएन ।

जिन्दगी देख्यौ तर जिवन देखेनौ!
जीवन पढ्यौ तर जीवन बुझेनौ!
सार बुझ्यौ सस्कार बुझेनौ ,
अझै सम्म आफ्नो परिवार बुझेनौ ।

हो त्यसैले त फरक छ हाम्रो अक्षरमा ,
तिमी क कमल बुझ्दा म कमल हुर्काउने हिलो बुझ्छु,
तिमी ज्ञ ज्ञानि मान्छे बुझ्छौ म आफ्नो अन्तरज्ञान् बुझ्छु।
तिमी फगत अक्षर तर म जगत बुझ्छु ।।

-एस पि
काठमाडौ

तीन हाइकु !!


भेद देख्छौ
म र तिमी
निस्टुरी मन ।।
**************
यादहरु
नआए हुने
निर्धक्क आउछन ।।
*******
सपनाहरु
बिउँझी हेर्दा
लात मार्छन् ।।


एस पि
काठमाडौ

Thursday, April 21, 2016

अजिव मान्छे म ।


कोलाहल मान्छे को भिड भित्र
छिरेको म अजिब अर्को मान्छे ,
दिन भर अरुकै लागि पसिना ,
के गर्नु साझ को आफ्नै भान्छे ।
********************
कुरो के सुन्थ्यो ? यो स्वार्थी दुनियाँ ,
फरक  चेहरा,फरक सबै को हुलिया ।
पापी शहर हो बाबु ,के गर्छौ त ......?
बाच्ने हो ? हुनुपर्छ पाखुरी बलिया ।।
************************
भिड भित्र भुसुना देख्छ बरु ........
म प्राणी लाई चिन्दैन यो दुनियाँ ....,
बेदना भित्र.., निर्जिव माया गर्छ मान्छे ,
जान्दैन कि! चिन्दैन मेरो हुलिया  ?
*************************
बेदना भित्र भित्रै लुकाएर हास्छ बरु ,
आफ्नै नङ्रा खियाउछ देख्दैन कोही अरु ।
परिश्रम् प्यार गर्छ, पसिना पानी देख्छ बरु ,
आफ्नो कथा होइन  कथा अरुको लेख्छ बरु ।।
*****************************
तिमी निर्जिव ठान्छौ होला ....... ,
म भित्र नि धड्किने छ उस्तै मुटु ।
अजिव ठान्छौ भने के भनु म ......?
तिम्रो प्यास मेटाउने जरुवाको मुल भै फुटु ।।

-एस् पि
 काठमान्डौ
 चैत्र २१ ,२०७२