#अक्षर
उस्ले तिम्ले होस वा मैले ,
चिन्ने एउटै जान्ने पनि एउटै,
अ बाट अकार र उ बाट उकारनै ,
क कमल ज्ञ बाट ज्ञानि नै सिक्छौ।
उस्ले तिम्ले होस वा मैले ,
चिन्ने एउटै जान्ने पनि एउटै,
अ बाट अकार र उ बाट उकारनै ,
क कमल ज्ञ बाट ज्ञानि नै सिक्छौ।
तिमी लाखौको गाडीमा पुर्याइन्छौ,
म मुस्किलले पुरानो साइकलमा वा डोर्याइदै।
तर थाहा कति छ तिमिलाइ ?
तिम्रो बाटो को नक्सा कस्तो छ?
के के कुरा पार गर्दै पुग्छौ?
कहिले बाटोको सुगन्ध बुझेका छौ?
मलाई सोध साथी म भनिदिन्छु ,
बाटोको नक्सा बारे बुझेको कुरा,
ठाउँ को चित्र छातिभित्र कोरिएको कुरा,
होइन मैले बाटोका बस्तुलाइ आफ्नै ठानेको कुरा।
बाटोमा डोर्याइदै गर्दा धेरै लडे साथी ,
हो त्यही लडाइ ले त उठ्न सिकायो।
चोट ती हजार जो दुख सहन सिकायो,
होइन मर्दा पर्दा सबै जुट्न सिकायो ।।
तिमी आच्छ्यौ गर्दा तिमिलाइ अङ्गालोमा बेरे होलान,
तिमी ठिक ठान्दा खुशिले लामो सास फेरेहोलान ।
माया त खुब पायौ , मन लागेको चिज नि खायौ,
तर त्यसैले तिमिलाइ लड्दा उठन सिकाएन ,
दुख पर्यो तर कतै जुट्न सिकाएन ।
जिन्दगी देख्यौ तर जिवन देखेनौ!
जीवन पढ्यौ तर जीवन बुझेनौ!
सार बुझ्यौ सस्कार बुझेनौ ,
अझै सम्म आफ्नो परिवार बुझेनौ ।
हो त्यसैले त फरक छ हाम्रो अक्षरमा ,
तिमी क कमल बुझ्दा म कमल हुर्काउने हिलो बुझ्छु,
तिमी ज्ञ ज्ञानि मान्छे बुझ्छौ म आफ्नो अन्तरज्ञान् बुझ्छु।
तिमी फगत अक्षर तर म जगत बुझ्छु ।।
-एस पि
काठमाडौ
म मुस्किलले पुरानो साइकलमा वा डोर्याइदै।
तर थाहा कति छ तिमिलाइ ?
तिम्रो बाटो को नक्सा कस्तो छ?
के के कुरा पार गर्दै पुग्छौ?
कहिले बाटोको सुगन्ध बुझेका छौ?
मलाई सोध साथी म भनिदिन्छु ,
बाटोको नक्सा बारे बुझेको कुरा,
ठाउँ को चित्र छातिभित्र कोरिएको कुरा,
होइन मैले बाटोका बस्तुलाइ आफ्नै ठानेको कुरा।
बाटोमा डोर्याइदै गर्दा धेरै लडे साथी ,
हो त्यही लडाइ ले त उठ्न सिकायो।
चोट ती हजार जो दुख सहन सिकायो,
होइन मर्दा पर्दा सबै जुट्न सिकायो ।।
तिमी आच्छ्यौ गर्दा तिमिलाइ अङ्गालोमा बेरे होलान,
तिमी ठिक ठान्दा खुशिले लामो सास फेरेहोलान ।
माया त खुब पायौ , मन लागेको चिज नि खायौ,
तर त्यसैले तिमिलाइ लड्दा उठन सिकाएन ,
दुख पर्यो तर कतै जुट्न सिकाएन ।
जिन्दगी देख्यौ तर जिवन देखेनौ!
जीवन पढ्यौ तर जीवन बुझेनौ!
सार बुझ्यौ सस्कार बुझेनौ ,
अझै सम्म आफ्नो परिवार बुझेनौ ।
हो त्यसैले त फरक छ हाम्रो अक्षरमा ,
तिमी क कमल बुझ्दा म कमल हुर्काउने हिलो बुझ्छु,
तिमी ज्ञ ज्ञानि मान्छे बुझ्छौ म आफ्नो अन्तरज्ञान् बुझ्छु।
तिमी फगत अक्षर तर म जगत बुझ्छु ।।
-एस पि
काठमाडौ
No comments:
Post a Comment