Saturday, March 18, 2017

#गजल

#गजल 
तिम्रैलागी मरिदिन्छु ,तिम्रैलागी गरिदिन्छु,
तिमी भन मात्रै म आकाश को चन्द्र हरिदिन्छु।

मायामा बिश्वास भन्ने चिज त हुन्छ नि प्रिया ?
हुदैन! ठिकै छ, तिमी भन म बसेको ठाउँ सरिदिन्छु।

थाहा छ तिमिलाइ र पनि किन?बुझ पचाउछौ?
दुखमै परेपनी तिम्रोलागी बेशिसम्म झरिदिन्छु।

खोला बढेछ क्यार त्यो मन भित्र अबिश्वाश को!
भन म के गरौ तिमिलाइ बुझाउन खोला तरिदिन्छु ।

तिम्रैलागी मरिदिन्छु ,तिम्रैलागी गरिदिन्छु,
तिमी भन मात्रै म आकाश को चन्द्र हरिदिन्छु।

-एस पि
काठमाडौ

No comments:

Post a Comment