Saturday, March 18, 2017

#अखवार


 #अखवार

 दिन दिनै बिहान बिहानै,
हरेक बिहानिमा आउँछ
त्यो जाडो भन्दैन
आफ्नो पराइ चिन्दैन,
लुकाउने त के कुरा,
लुकाउन केही जान्दैन,
भए जति छर्लङ्ग देखाउछ,
पारदर्शिता को अनुपम नमुना,
धनी को गरिब को ?
छुट्ट्याउन जान्दै जान्दैन ।
तिमी सङ्ग नजिकिदै ,
अर्कोलाइ टाढा बनाउन मान्दैन।
थोरै उल्लाइ तिमिलाइ धेरै ,
दिनुपर्छ ज्ञान त्यो उ मान्दैन ।
भए भर को खन्याएर रित्तिन उ तयार छ,
सके लेउ ज्ञान अनुरोध गर्नु तिमिलाइ उचित ठान्दैन ।

 
एस पि
काठमाडौ

No comments:

Post a Comment