Saturday, March 18, 2017

#भर्चुवल दुनियाँ रे !!

#भर्चुवल दुनियाँ रे !!

सम्बन्ध यस्तो भो ,
आजभोलि सार्है सस्तो भो ।
निर्जिव त्यो मोबाइल अगाडि ,
नाता सम्बन्ध कस्तो कस्तो भो । 


भर्चुवल भो जन्म कसैको ,
कसैको मृत्‍यु भो .....
बुझ्नै नसक्ने यो जमना ,
सम्बन्ध सार्है सस्तो भो ।

प्यास मेटाउछन कोही यहाँ ,
कोही बढाउछन ढुक ढुकी लाई ,
सम्बन्ध नुन बिनाको तरकारी ,
प्रेम इन्टर्नेट सित जवर्जस्त भो ।

उस्ले ,तिम्ले अनी मैले पनि ,
झटारो सबैले हानेकैछन ...
झरे आप होइन झटारो ...
फिर्ता आफ्नै ठानेकै छन ।

खबर खुशी को होस् वा दु:ख को ,
देखावटी अपनत्व को बोध पोस्ट लाई ठानेकै छन ।
दु:खमा चाहिने आफन्त को बालै भो र ?
सुख मा मस्किने लाई मात्र आफ्नो मानेकै छन ।

भो अती बिकास भएछ ,
सम्बन्ध यहाँ तिरस्कार भएछ
रोबोटले चल्ने दुनियाँ.....
कस्तो आविश्कार भएछ ?

-एस् पि
काठमान्डौ

No comments:

Post a Comment