Thursday, April 21, 2016

अजिव मान्छे म ।


कोलाहल मान्छे को भिड भित्र
छिरेको म अजिब अर्को मान्छे ,
दिन भर अरुकै लागि पसिना ,
के गर्नु साझ को आफ्नै भान्छे ।
********************
कुरो के सुन्थ्यो ? यो स्वार्थी दुनियाँ ,
फरक  चेहरा,फरक सबै को हुलिया ।
पापी शहर हो बाबु ,के गर्छौ त ......?
बाच्ने हो ? हुनुपर्छ पाखुरी बलिया ।।
************************
भिड भित्र भुसुना देख्छ बरु ........
म प्राणी लाई चिन्दैन यो दुनियाँ ....,
बेदना भित्र.., निर्जिव माया गर्छ मान्छे ,
जान्दैन कि! चिन्दैन मेरो हुलिया  ?
*************************
बेदना भित्र भित्रै लुकाएर हास्छ बरु ,
आफ्नै नङ्रा खियाउछ देख्दैन कोही अरु ।
परिश्रम् प्यार गर्छ, पसिना पानी देख्छ बरु ,
आफ्नो कथा होइन  कथा अरुको लेख्छ बरु ।।
*****************************
तिमी निर्जिव ठान्छौ होला ....... ,
म भित्र नि धड्किने छ उस्तै मुटु ।
अजिव ठान्छौ भने के भनु म ......?
तिम्रो प्यास मेटाउने जरुवाको मुल भै फुटु ।।

-एस् पि
 काठमान्डौ
 चैत्र २१ ,२०७२  

No comments:

Post a Comment