बाबु के छ तिम्रो खबर ?
यता ठिकै छ , डढेलो ले बन खायो ,
अब डिगा बाच्छा ले घास पाउदैनन ,
अब बिहानै धोबिनी चरी गीत गाउदैनन !!
**********
अरु सबै ठिकै छ बाबु ,
घर जोगियो, मान, ज्यान जोगियो
आखिर हाम्रो मन त जोगियो ,
तिमी सित बोल्न पाइयो नि ,
मिठो मसिनो भएपनी आज त केही खाइयो ।
************
खरबारि न घर बारी सबै भये बराबरी ,
न स्याउले घास छ न न्याउले गाउछ ,
बन उजाड भो त के भो? हाम्रो मन त उजाड छैन नि !
अब के गर्छौ बाबु दु:ख मात्र पोखेर नि त भैन नि ।।
***************
भगवान कि लीला अपराम्पार छ बाबु ,
दुई घुट्का पानी र दुई मुठी सास रहुन्जेल आश छ ।
अरु को त के कुरा बाबु हामीलाई छोरा छोरी को माया खास छ ,
त्यही भएर त होला सदैब तिमीहरु को अभाश छ ।।
**************
दु:ख को त के मोल भो र बाबु तर हास्न जानेकै छौ ,
सन्तान को निम्ती मन भरी माया साच्न जानेकै छौ ,
अब के गर्नु बाबु यताको पिर धेरै नगरनु भो .....
आखिर परिस्थिती अनुसार को माला गास्न जानेकै छौ ।।

---एस् पि
काठमान्डौ
काठमान्डौ
No comments:
Post a Comment