Thursday, April 21, 2016

अजिव मान्छे म ।


कोलाहल मान्छे को भिड भित्र
छिरेको म अजिब अर्को मान्छे ,
दिन भर अरुकै लागि पसिना ,
के गर्नु साझ को आफ्नै भान्छे ।
********************
कुरो के सुन्थ्यो ? यो स्वार्थी दुनियाँ ,
फरक  चेहरा,फरक सबै को हुलिया ।
पापी शहर हो बाबु ,के गर्छौ त ......?
बाच्ने हो ? हुनुपर्छ पाखुरी बलिया ।।
************************
भिड भित्र भुसुना देख्छ बरु ........
म प्राणी लाई चिन्दैन यो दुनियाँ ....,
बेदना भित्र.., निर्जिव माया गर्छ मान्छे ,
जान्दैन कि! चिन्दैन मेरो हुलिया  ?
*************************
बेदना भित्र भित्रै लुकाएर हास्छ बरु ,
आफ्नै नङ्रा खियाउछ देख्दैन कोही अरु ।
परिश्रम् प्यार गर्छ, पसिना पानी देख्छ बरु ,
आफ्नो कथा होइन  कथा अरुको लेख्छ बरु ।।
*****************************
तिमी निर्जिव ठान्छौ होला ....... ,
म भित्र नि धड्किने छ उस्तै मुटु ।
अजिव ठान्छौ भने के भनु म ......?
तिम्रो प्यास मेटाउने जरुवाको मुल भै फुटु ।।

-एस् पि
 काठमान्डौ
 चैत्र २१ ,२०७२  

Monday, April 18, 2016

घात छैन कतै

म त हजुर गाउले केटो पाप छैन कतै ,
अरुलाई गिज्याउने छाप छैन कतै ,
हास्छन रे! शहरमा पर्दा खेरी दु:ख हजुर ,
भन्नु होला तर मेरो नराम्रो बात छैन कतै ।
मन असल भये पछी मान्छे असल हुन्छ हजुर ,
अहिले सम्म कही कतै घात छैन कतै ।।
--एस् पि 
काठमान्डौ 

बाबा को चिट्ठी !


बाबु के छ तिम्रो खबर ?
यता ठिकै छ , डढेलो ले बन खायो ,
अब डिगा बाच्छा ले घास पाउदैनन ,
अब बिहानै धोबिनी चरी गीत गाउदैनन !!
**********
अरु सबै ठिकै छ बाबु ,
घर जोगियो, मान, ज्यान जोगियो
आखिर हाम्रो मन त जोगियो ,
तिमी सित बोल्न पाइयो नि ,
मिठो मसिनो भएपनी आज त केही खाइयो ।
************
खरबारि न घर बारी सबै भये बराबरी ,
न स्याउले घास छ न न्याउले गाउछ ,
बन उजाड भो त के भो? हाम्रो मन त उजाड छैन नि !
अब के गर्छौ बाबु दु:ख मात्र पोखेर नि त भैन नि ।।
***************
भगवान कि लीला अपराम्पार छ बाबु ,
दुई घुट्का पानी र दुई मुठी सास रहुन्जेल आश छ ।
अरु को त के कुरा बाबु हामीलाई छोरा छोरी को माया खास छ ,
त्यही भएर त होला सदैब तिमीहरु को अभाश छ ।।
**************
दु:ख को त के मोल भो र बाबु तर हास्न जानेकै छौ ,
सन्तान को निम्ती मन भरी माया साच्न जानेकै छौ ,
अब के गर्नु बाबु यताको पिर धेरै नगरनु भो .....
आखिर परिस्थिती अनुसार को माला गास्न जानेकै छौ ।।
---एस् पि
काठमान्डौ